भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८३-०६-२५
- A
- A-
- A+
इलाम, माईजोगमाई गाउँपालिका-४ नाम्सालिङ बस्ने ६० वर्षीय पुर्ण बहादुर देवानलाई भरूवा बन्दुक १ थान सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी नाम्सालिङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।