प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८२-०२-१६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-५ नवलपुर चोकस्थित संकल्प होटल एण्ड भोजनालयको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही नगरपालिका-६ बस्ने ४० वर्षीय राकेश बस्नेत समेत ५ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ७ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०८३-०२-२९

बर्दिया, ठाकुरबाबा नगरपालिका-२ रानीपुर बस्ने ३८ वर्षीय बिनोद तिवारीको घरमा जुवातास खेलिरहेको अवस्थामा बिनोद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भुरीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार १ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो  । डोल्पा, ठूलीभेरी नगरपालिका-३ दुनै बजार बस्ने ५१ वर्षीय पञ्च बुढाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा पञ्च समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार ८ सय रूपैयाँ र कौडा ४६ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।