प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

ओखलढुंगा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-९ बस्ने ३८ वर्षीय राज कुमार भुजेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । राज कुमारले ती बालिकालाई गत पुस १७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्युठान, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पुजालिबासेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार