अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८३-०१-१९
- A
- A-
- A+
झापा, बुद्धशान्ति गाउँपालिका-३ बुधबारे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने ३८ वर्षीय हरि प्रसाद ढकाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले मे.२ प २८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-५ कैलाशघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-५ बस्ने मोरङ पथरीशनिश्चरे नगरपालिका-५ घर भएका २४ वर्षीय सागर दर्जीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी समेतबाट खटिएको प्रहरीले मे.१ ह २४४३ नम्बरको अटोमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २८ वर्षीय सागर रसाईली समेत ४ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ८० मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-७ बस्ने २७ वर्षीय रोहित भण्डारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट अवैध लागूऔषध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ भट्टराई चोक बस्ने सर्लाही घर भएका १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-१ बस्ने २० वर्षीय लक्ष्मण शाही र २६ वर्षीय प्रकाश रिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.५ प ४४४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ शिवनगर टिकटक पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका-१५ बस्ने ३० वर्षीय रामस्वरूप राना समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, फेनारगन ११ एम्पुल र बुप्रेनोर्फिन १४ एम्पुल सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २१ वर्षीय आशिष सुर्खेती र सोही नगरपालिका-३ मिलनचोक बस्ने २५ वर्षीय सन्देश राउत रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बाँसगढी नगरपालिका-५ बाँसगढी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-३ लखना बस्ने ३२ वर्षीय सुनिल थारूलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय १० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने १९ वर्षीय जनक राम रानालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, धनुषाधाम नगरपालिका-९ धारापानीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय रोहित कुमार मण्डल र गणेशमान चारनाथ नगरपालिका-१ बस्ने २२ वर्षीय मुकेश साह रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबर समेतबाट खटिएको प्रहरीले रोहितको घर तलासी उक्त लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३३ ग्राम ४ सय १० मिलिग्राम सहित मोरङ सुन्दरहरैँचा नगरपालिका-५ बस्ने ३४ वर्षीय करन चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ३४९४ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।