प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

२०८३-०६-०२

  • A
  • A-
  • A+
Share

भक्तपुर, सूर्यविनायक नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन ६८ ग्राम ८ सय ३० मिलिग्राम सहित ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरूङ्गा नगरपालिका-६ घर भएका २६ वर्षीय अन्जनी नन्दन चौधरी, बलान बिहुल गाउँपालिका-१ घर भएका २० वर्षीय निकेश यादव र सिराहा लहान नगरपालिका-१५ घर भएका २३ वर्षीय सुशान्त चौधरी रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८३-०६-०२

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-४ सिम्खडा गाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४९ ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ मुलपानी बस्ने ३४ वर्षीय पबन भण्डारी र सोही नगरपालिका-५ थली बस्ने २५ वर्षीय सुरज लामा रहेका छ्न् । प्रहरी प्रभाग थलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-७ बोकतोबारी बस्ने २४ वर्षीय प्रकाश सहनी समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८६ मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ चारपानेबाट अवैध लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय मन कुमार राई र उनकै श्रीमती २६ वर्षीया रेखा थापा रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   धनकुटा, धनकुटा नगरपालिका-१ हिलेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्राम सहित सुनसरी बराहक्षेत्र नगरपालिका-२ बयरवन बस्ने ३७ वर्षीय मनिष अधिकारी समेत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम र नगद ३० हजार ६ सय ८० रूपैयाँ सहित सोही नगरपालिका-६ बस्ने ३५ वर्षीय बिजय तोलाङ्गेलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा सोही नगरपालिका-४ बस्ने संजिव देवकोटाको संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ६० मिलिग्राम र नगद ३१ हजार ५ सय रूपैयाँ फेला पारी प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार संजिवको खोजी गरिरहेको छ ।   ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँ थसिटोल डेरा गरी बस्ने काभ्रे पनौती नगरपालिका-११ घर भएका ५५ वर्षीय शक्ति घिमिरेलाई अवैध लागूऔषध गाँजा ३ सय ८६ ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरी उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-६ सानागाउँबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय उज्वल महर्जन समेत ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुनसरी, इनरूवा नगरपालिका-५ बलहा बस्ने ६८ वर्षीय अर्जुन चौधरी समेत २ जनालाई अवैध लागूऔषध गाँजा ९ सय ४० ग्राम र नगद ३४ हजार २ सय १५ रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सखुवा गाछीबाट खटिएको प्रहरीले अर्जुनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   महोत्तरी, सम्सी गाउँपालिका-६ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९८ ट्याब्लेट र स्पास्मो प्रोक्सिभन १ सय ६० ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१४ बस्ने २८ वर्षीय नरेश महरा र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय क्षितिज परियार रहेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले  कन्हवा बोर्डरबाट सम्सीतर्फ आउँदै गरेको ज.१० प ८६७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७६ ट्याब्लेट र नाइट्राजेपाम ४२ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला हिमा गाउँपालिका-६ बस्ने २२ वर्षीय मुस्कान अधिकारी र सोही गाउँपालिका-७ बस्ने २० वर्षीय रमेश शाही रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२-००१ ज १०६१ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने पर्वत मोदी गाउँपालिका-६ घर भएका २० वर्षीय सुमित मल्ल समेत २ जनालाई नियन्त्रित लागूऔषध टापेन्टाडोल १ सय १० ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले सुमितको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।   धादिङ, थाक्रे गाउँपालिका-६ देउडी बस्ने सोही गाउँपालिका-३ मल्डुङ घर भएका १७ वर्षीय किशोरलाई अवैध लागूऔषध पोलेन जस्तो देखिने पदार्थ करिब ३ सय ९० ग्राम र गाँजा जस्तो देखिने पदार्थ १ सय ६५ ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महादेववेशीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २९ जना पक्राउ
२०८३-०६-०१

कञ्चनपुर, भीमदत्त नगरपालिका-५ बनखेतबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ४० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ३० वर्षीय हरिश प्रसाद जोशीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-३ राजीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३७ मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने कैलाली जोशीपुर गाउँपालिका-१ घर भएका २२ वर्षीय सुदिप चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेदकोट नगरपालिका-६ सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१० हरपाल बस्ने २३ वर्षीय मिन बहादुर ठगुन्ना समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ हात्तीखोरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४७ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय सोकिन सोमै मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट शंखदेवबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.१४ प ८०८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  सुनसरी, धरान उपमहानगरपालिका-१५ श्यामचोक बस्ने २५ वर्षीय गोपाल तामाङ समेत २ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट र डिकोलिक ४ सय ४० ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरीले गोपालको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-८ भोजपुरे टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्राम ९ सय ७० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १८ हजार १ सय ८० रूपैयाँ सहित सोही उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय मोहमद अफ्रोज हुसेनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-५ काठेपुल बस्ने २९ वर्षीय अनम राई समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ४० मिलिग्राम र नगद २३ हजार २ सय रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले अनमको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित सोही नगरपालिका-२ ब्यासी बस्ने २६ वर्षीय सुशिल बासीले संचालन गरेको चिया पसलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सुशिल समेत ११ जनालाई ‍बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सल्यान, शारदा नगरपालिका-२ खलंगाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका ३१ वर्षीय विनय बुढाथोकीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतीनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय सुन्दर डुम्रेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका-३ शान्तीकुञ्जबाट नियन्त्रित लागूऔषध स्पास्मो २ सय ३२ ट्याब्लेट र नाइट्रोसन ५२ ट्याब्लेट सहित लुम्बिनी साँस्कृतिक नगरपालिका-१० बस्ने ३५ वर्षीय राजेन्द्र कुमार भुज समेत ५ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको लु.३७ प १९३४ र लु.प्र.०१-०१७ प १५३३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ४ सय ९० मिलिग्राम सहित ग्रामथान गाउँपालिका-७ बस्ने ३१ वर्षीय तेतरलाल सासलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८३-०५-३१

झापा, झापा गाउँपालिका-४ चौधरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९८ मिलिग्राम सहित गौरादह नगरपालिका-४ बैगुनधुरा बस्ने १९ वर्षीय बाबुराम मुर्मुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कचनकवल गाउँपालिका-१ झण्डु टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ अनारमनी बस्ने ३५ वर्षीय समिर बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कुटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-६ बुढिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका-२ जामुने बस्ने ३० वर्षीय पदम थापालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको  छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम र नगद १० हजार २ सय ७० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ माछागढ बस्ने २३ वर्षीय रमेश साही र २९ वर्षीय अनिल विक रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.५ प ५६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्ती बेलडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८५ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ धर्मबस्ती बुद्ध टोल बस्ने २३ वर्षीय अश्मित परियार र सोही नगरपालिका-९ बेल्डाडी बस्ने २५ वर्षीय मनिष कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय सानोश्री समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी बर्दिया, गेरूवा गाउँपालिका-१ बिहानबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय आशिक नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित मुन लाइट होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय ६० मिलिग्राम सहित रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-९ बस्ने २७ वर्षीय लोकेन्द्र मल्ल समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ३०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब ९ किलो ५ सय ७८ ग्राम सहित भारत मोतिहारी हरसिद्दि पंचायत बैरियाडिह-९ बस्ने १९ वर्षीय संदिप चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सिया समेतबाट खटिएको प्रहरीले जगरनाथपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको एचपि-९४- ४९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ सुनखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अजय मादेनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । पाँचथर, फिदिम नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने याङवरक गाउँपालिका-२ घर भएका २९ वर्षीय विशाल लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ हिलिहाङ गाउँपालिका-७ टारी बस्ने २३ वर्षीय युवराज विश्वकर्मासँग खरीद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले युवराजलाई फिदिम नगरपालिका-१ फिदिम बजारबाट पक्राउ गरेको छ । दैलेख, नारायण नगरपालिका-६ गणेश चोक बस्ने २१ वर्षीय शिवराज थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले शिवराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०५-३१

कैलाली, लम्कीचुहा नगरपालिका-४ बाट अवैध लागूऔषध सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २० वर्षीय मिलन थापामगर र २० वर्षीय राजेश देउवा रहेका छन् । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले मिलनलाई गाँजा २५ ग्राम र राजेशलाई खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ फलाँटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय बिनोद सुनारलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय  सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८३-०५-३०

दैलेख, दुल्लु नगरपालिका-५ दुल्लु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २२ वर्षीय जिवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका-१ बस्ने २३ वर्षीय घनश्याम खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेख समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  जुम्ला, तातोपानी गाउँपालिका-५ श्रीनगरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुवास डाँगीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित घोडाघोडी नगरपालिका-२ बस्ने ३६ वर्षीय कृष्ण चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने ३३ वर्षीय देवेन्द्र शाही र अछाम साँफेबगर नगरपालिका-१० बस्ने ३० वर्षीय अनिल भुल रहेका छन् । प्रहरी चौकी जनकपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको से.६ प ३६६२ र भे.३ प ९४८४ नम्बरको मोटरसाइकलहरू समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।