नेपाल प्रहरीको महिला भलिबल टिम सेमिफाइनल प्रवेश
२०७९-०६-३१
- A
- A-
- A+
म्यागदी, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत म्यागदीमा सोमबार भएको महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।
म्यागदीको खेल मैदानमा संचालित खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५-१३, २५-२०, २३-२५, १४-२५ र १५-१३ को सेटमा पराजित गरेको हो ।
नेपाल पुलिस क्लबले कात्तिक १ गते सेमिफाइनल खेल खेल्नेछ ।