प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ सय ८ किलो ८ सय ४० ग्राम गाँजासहित पाँच जना पक्राउ

२०८१-०३-१६

  • A
  • A-
  • A+
Share

बारा, सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवालबाट अवैध लागूऔषध गाँजा २ सय  १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपाली रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ । प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ । 

काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रूपैयाँसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका-६ घर भएकी ३० वर्षीया निकु राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय २० ग्राम सहित पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगंज पर्साबाट खटिएको प्रहरीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा भारत पुर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा-२ बस्ने २२ वर्षीय नवरेज आलमको समेत उक्त लागूऔषध ओसारपसारमा संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८१-०४-०७

कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने २२ वर्षीय अर्जुन पार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका-१० घुइयाघाट जयगुरू गणेश इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१० घुइयाघाट बस्ने ३० वर्षीय नाटुल भन्ने राम मिलन राना, ३४ वर्षीय राजेश राना र सोही नगरपालिका-३ घर भएका २४ वर्षीय सन्नी चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट चार जना पक्राउ
२०८१-०४-०६

सुनसरी, इटहरी उपमहानगरपालिका-९ स्थित कोशी लोकमार्गबाट अवैध लागूऔषध गाँजा करिब २ सय किलोग्राम सहित धनकुटा सागुरीगढी गाउँपालिका-८ बस्ने ३४ वर्षीय दर्शन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको संयुक्त टोलीले बा.१५ च ७१४४ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।  रूकुम पश्‍चिम, आठबिसकोट नगरपालिका-१४ छेपारेबाट अवैध लागूऔषध अफिम करिब ५ किलो ५ सय ८० ग्राम सहित सल्यान कुमाख गाउँपालिका-५ बस्ने ३२ वर्षीय मदन प्रकाश गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरीले गोतामकोटबाट नेपालगंजतर्फ जाँदै गरेको भे.१ क १७८० नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको अफिम फेला पारी चालक गिरीलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित राक्सिराङ गाउँपालिका-२ सुनारेसहर बस्ने ३२ वर्षीय दुर्गा लामालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०३-००१ ज ०३०३ नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा  माईक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय २० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने १९ वर्षीय निर्दोश डाँगीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८१-०४-०६

कास्की, पोखरा महानगरपालिका-५ ज्योति मार्ग डेरा गरी बस्ने स्याङजा विरूवा गाउँपालिका-११ घर भएकी २२ वर्षीया सुस्मिता नेपालीसमेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सुस्मिताको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । मोरङ, केराबारी गाउँपालिका-८ खदम खोलाको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय साजन लिम्बुसमेत ३ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल समेत प्रहरीले बरामद गरको छ । तनहुँ, बन्दिपुर गाउँपालिका-१ बन्दिपुर गेटस्थित बाटोबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम सहित सोही गाउँपालिका-४ बस्ने १९ वर्षीय बिनायक सुनारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । पर्सा, बहुदरमाई नगरपालिका-९ बिश्रामपुरबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाठाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०४-०५

काठमाडौं,  अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १३ ग्राम, नगद ८० हजार रूपैयाँ र डिजिटल तराजु १ थान सहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बोहोराटर बस्ने २८ वर्षीय विजय बोहोरा, बुढानिलकण्ठ नगरपालिका-६ बस्ने ३६ वर्षीय अनिल तामाङ, ३९ वर्षीया मुस्कान तामाङ र काठमाडौं महानगरपालिका-१५ बस्ने ३७ वर्षीय हरि बहादुर बस्कोटा रहेका छन् । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले बिजयको साथबाट करिब ५ सय मिलिग्राम उक्त पदार्थ, अनिल तथा मुस्कानको कोठाबाट २ ग्राम ५ सय मिलिग्राम तथा नगद २० हजार रूपैयाँ र हरिबहादुरको कोठाबाट १० ग्राम उक्त पदार्थ, नगद ६० हजार रूपैयाँ र डिजिटल तराजु बरामद गरेको हो ।बर्दिया, गुलरिया नगरपालिका-३ निमकोठिया बस्ने २४ वर्षीय जगमोहन रैदासलाई अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय दिप्पु चौधरी र २९ वर्षीय अशोक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, मेचिनगर नगरपालिका-७ इँटाभट्टा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित मेचिनगर नगरपालिका-७ बस्ने २९ वर्षीय अमर रिमाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रौतहट, चन्द्रपुर नगरपालिका-५ राजपैडा टोल बस्ने ३५ वर्षीय किरन कुमार विश्वकर्मालाई अवैध लागूऔषध गाँजा १० किलोग्राम सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-२० भज्याङ छेउस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित ईटहरी उपमहानगरपालिका-१० बस्ने ४० वर्षीय राम कुमार चौधरी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिष्णुपादुकाबाट खटिएको प्रहरीले को.२७ प ४८४७ नम्बर, को.१८ प ४६४० नम्बर, प्रदेश नं. १-०२-००६ प ६५० नम्बरका ३ वटा मोटरसाइकल र बागमती प्रदेश-०१-०२६ च ५०१९ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८१-०४-०४

  कैलाली, भजनी नगरपालिका-३ कुसमघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ सय ६० मिलिग्राम सहित टिकापुर नगरपालिका-१ टिकापुर बस्ने ४० वर्षीय लेखराम चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० आदर्शनगर बस्ने ३७ वर्षीय विनम्र श्रेष्ठ र ३५ वर्षीय दिपेश क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.५ प १२०८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-९ शनिमन्दिरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १९ किलोग्राम सहित धनकुटा सहिदभुमी गाउँपालिका-७ बस्ने ३८ वर्षीय जिवन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँमा चेकजाँचको लागि खटिएको प्रहरीले प्र.१-०२-०४७ प ४४६५ नम्बरको मोटरसाइकलमा सवार राईलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने करिब २ ग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम २२ ट्याब्लेट र मोबाइल १ थान सहित इटहरी उपमहानगरपालिका-१९ अमाह टोल बस्ने २८ वर्षीय रितेश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र सशस्त्र प्रहरी बल बिओपि लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।