जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०७९-११-१४
- A
- A-
- A+
भक्तपुर, २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका-६ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश रावललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती महिलालाई चाँगुनारायण नगरपालिका-८ स्थित एक रिसोर्टमा सोही दिन राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।