यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ
२०७९-०२-१८
- A
- A-
- A+
बर्दिया, १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मधुवन नगरपालिका-३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।