चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८३-०२-१९
- A
- A-
- A+
ललितपुर, चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१० घर भएका २१ वर्षीय अमन परियार, काठमाडौं थापाथली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका १७ वर्षीय किशोर र महोत्तरी जलेश्वर नगरपालिका-१ घर भएका २१ वर्षीय रन्जन कापर रहेका छन् ।
ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित गणेश मन्दिर नजिकको घरबाट ल्यापटप र नगद गत बिहीबार चोरी भएको भन्ने सूचनाको आधारामा प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरी भएको २ थान ल्यापटप सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।