अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८३-०२-२६
- A
- A-
- A+
सिराहा, नवराजपुर गाउँपालिका-३ जगतपुर बस्ने ६० वर्षीय हरे कृष्ण यादवलाई अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।