कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७८-१२-१०
- A
- A-
- A+
कास्की, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पर्वत मोदी गाँउपालिका-८ चित्र बस्ने २५ वर्षीय दिपक बिक भन्ने चिनिने शिरिस बिश्वकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नेशनल स्कुलमा पढ्ने मिथुन बिकलाई शिरिस लगायतका व्यक्तिहरुले विवादको कारण २०६९ कात्तिक २५ गते साँझ पोखरा महानगरपालिका-६ शान्तीपाटनमा कुटपिट तथा चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका उनलाई अन्नपूर्ण गाउँपालिका-५ सल्यानस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीको लागि कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।