जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-२३
- A
- A-
- A+
रूकुम पश्चिम, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी त्रिबेणी गाउँपालिका-५ जिबाङ बस्ने ४० वर्षीय चन्द्र बहादुर दमाईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत रूकुम पश्चिमको २०७० मंसिर २५ गतेको फैसलाले उक्त मुद्दामा ८ वर्ष कैद सजाय ठहर भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले त्रिबेणी गाउँपालिका-४ दलसिङ्गेबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।