अवैध लागूऔषध सहित पक्राउ
२०७८-१२-०६
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ किलो गाँजा सहित मकवानपुर थाहा नगरपालिका-११ बस्ने २२ वर्षीय सुक वीर थिङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ५१४७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ पुष्पलाल चोकस्थित स्याङ्जा गेष्टहाउसको कोठा नम्बर ७ बाट ३ किलो अवैध लागूऔषध चरेस सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालिकोट खाडाचक्र नगरपालिका-९ बस्ने २५ वर्षीय प्रबिण बिष्ट र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय राज बहादुर कार्की रहेका छन् । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त कोठा जाँच गर्दा सिरानीमा प्लाष्टिकको थैलोमा लुकाई राखेको अवस्थामा उक्त चरेस फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट १ सय ९ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्रोसन सहित सुनसरी धरान उपमहानगरपालिका-१४ बस्ने २४ वर्षीय तमन श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।