अवैध लागूऔषधसहित एक जना पक्राउ
२०८०-०७-०२
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित कालिकोट नरहरी गाउँपालिका-२ बस्ने २२ वर्षीय नविन बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनलाई जाँच गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।