चाँदी जस्तो देखिने धातु सहित एक जना पक्राउ
२०८३-०३-१८
- A
- A-
- A+
भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोट महांकाल चोकबाट चाँदी जस्तो देखिने धातु करिब ८ सय ग्राम सहित सोही नगरपालिका-२ बस्ने २५ वर्षीय कनैया कुमार सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले प्रदेश०२-०६५ प ७७९८ नम्बरको स्कुटर तलासी गर्दा उक्त धातु फेला पारी स्कुटरमा सवार उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।