भरुवा बन्दुक सहित पक्राउ
२०७८-१२-१६
- A
- A-
- A+
गोरखा, अजिरकोट गाउँपालिका-५ मुचुकटार बस्ने २७ वर्षीय अर्जुन पाण्डेलाई १ थान भरूवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।