प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३९ जना पक्राउ

२०८३-०१-११

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-८ तिलगंगास्थित आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र नगद २० हजार रूपैयाँ सहित सोही महानगरपालिका-८ तिलगंगा बस्ने महोत्तरी पिपरा गाउँपालिका-२ घर भएका ३८ वर्षीय सरोज यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, टोखा नगरपालिका-९ मनमैजुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका-५ घर भएका ३६ वर्षीय सबिन राज गुणी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१५ जनजाती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम र नगद ९ हजार १ सय ४० रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुन्दर बुढा र सोही उपमहानगरपालिका-१५ मनकामना टोल बस्ने २८ वर्षीय संजय खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सुन्दरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी दाङ, गढवा गाउँपालिका-१ धानखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय गोविन्द घर्ति मगरलाई बिहीबार बेलुकी प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले उनले प्रयोग गरेको बा.८५ प १९५१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । 

ललितपुर, ललितपुर महानगरपालिका-१५ बोधीग्रामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित सोही महानगरपालिका-२६ ढोलाहिटी बस्ने २० वर्षीय प्रशान्त मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१४ नखिपोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका-१४ नखिपोट बस्ने बारा घर भएका ३० वर्षीय सरण आले मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध नोर्फिन ४१ एम्पुल, डाईजेपाम ३९ एम्पुल र फेनारगन ३९ एम्पुल सहित सोही नगरपालिका-७ चागाथली बस्ने ३० वर्षीय विजय खड्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले बा.६७ प १५४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

डडेलधुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित पुल हाउसबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६६ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गैरे र सोही नगरपालिका-४ बस्ने ४२ वर्षीय राम बहादुर पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले रोशनले संचालन गरेको उक्त पुल हाउसमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

बर्दिया, गुलरिया नगरपालिका-४ तुलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३३ वर्षीय नविन सुवेदी र ३० वर्षीय सुवास थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-४ बस्ने ४७ वर्षीय जान अलि बेडुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, भद्रपुर नगरपालिका-५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम र नगद ९ हजार रूपैयाँ सहित सोही नगरपालिका-७ मेघा टोल बस्ने २४ वर्षीय सुमन मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, झापा गाउँपालिका-४ चौधरीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८९ मिलिग्राम सहित शिवसताक्षी नगरपालिका-११ बस्ने ३१ वर्षीय मदन मिश्रलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी  टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ७ सय ५० मिलिग्राम सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाचँथर फिदिम नगरपालिका-१ बस्ने २४ वर्षीय भिमराज खजुम, २९ वर्षीय राजमान राई र सोही नगरपालिका-७ बस्ने २३ वर्षीय लक्ष्मण लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

काभ्रे, धुलिखेल नगरपालिका-१२ पिप्लेबाट अवैध लागूऔषध गाँजा करिब १८ किलो २१ ग्राम र पोलेन २ सय १० ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६० वर्षीय बलराम तामाङ र ५९ वर्षीया रञ्जु तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको प्रहरीले उनीहरूको घर तालसी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

 इलाम, इलाम नगरपालिका-९ गोलबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्राम  र नगद १ लाख ८ हजार रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुधिर अधिकारी र उनकै श्रीमती २७ वर्षीया पार्वता चौहान अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूको घर तालसी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-८ गैरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय तुफान विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट वरगाछीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्राम सहित बराक्षेत्र नगरपालिका-३ बस्ने ३४ वर्षीय जिवन कार्की समेत ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-११ फुलबारी डेरा गरी बस्ने लमजुङ घर भएका २७ वर्षीया मन्दिरा थापा मगरलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५ ग्राम ३ सय ३० मिलिग्राम र नगद ९ लाख रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९० ट्याब्लेट सहित  सुन्दरहरैँचा नगरपालिका-२ बस्ने २० वर्षीय सुदिप उराउलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-१३ भरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय धन बहादुर रोकालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय राजन हमाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २८ वर्षीय जिवन बहादुर खड्का समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-५ देउकलीयाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ साडेपानी बस्ने १९ वर्षीय पुर्ण बहादुर बिष्ट र १९ वर्षीय सुरज नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१० बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २१ ग्राम ४ सय ७०  मिलिग्राम सहित सोही नगरपालिका-९ सिसैया बस्ने ७० वर्षीय भिम बहादुर ऐरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-५ गुलारिया बस्ने ३२ वर्षीय हर्क बहादुर देउवा समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८३-०२-१०

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ कपनबाट नियन्त्रित लागूऔषध फेनारगन २९ एम्पुल, डाइजेपाम २८ एम्पुल, नोर्फिन २६ एम्पुल र नगद ५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय सोनाम राना मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित धादिङ नैबिसे घर भएका ४२ वर्षीय केदार तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं महानगरपालिका-३२ नरेफाँट जोशी चोकबाट अवैध लागूऔषध गाँजा ४ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय २७ ट्याब्लेट सहित काठमाडौं नरेफाँट बस्ने सर्लाही घर भएका २१ वर्षीय सन्देश श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  नवलपरासी पश्‍चिम, रामग्राम नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध डाइजेपाम २ सय एम्पुल, फेनारगन २ सय एम्पुल र बुप्रेनोर्फिन २ सय एम्पुल सहित सोही नगरपालिका-८ लोहसडा बस्ने ३८ वर्षीय राम मिलन केवटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम समेतबाट खटिएको प्रहरीले लु.२६ प ४४१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-८ भोलढोकाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु २७ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ८२ ट्याब्लेट सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर इन्द्रसरोवर कुलेखानी घर भएका २५ वर्षीय बिजय स्याङ्बो र ललितपुर महानगरपालिका-८ गुईटोल बस्ने मोरङ घर भएकी २० वर्षीया नीता शिवा  रहेका छन् । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुनसरी, कोशी गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम २ सय मिलिग्राम सहित सोही गाउँपालिका-३ नहर चोक बस्ने २९ वर्षीय आरीफ अन्सारीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, गोदावरी नगरपालिका-१० दमौराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय योगेन्द्र भुल र २६ वर्षीय अमित कुमार तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  उदयपुर, वेलका नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-४ प्रगती टोल बस्ने २१ वर्षीय खगिन भन्ने खगेन्द्र मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ गौरीघाट बस्ने ३३ वर्षीय आशिष सिंह र बुढानिलकण्ठ नगरपालिका-११ बस्ने ३१ वर्षीय विसन लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९६७१ नम्बरको हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०२-०९

काठमाडौं, काठमाडौं महानगरपालिका-६ रामहिटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित काठमाडौं कपन बस्ने दोलखा घर भएका ४० वर्षीय अमित जिरेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय २० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्‍वरी मनोहरा नगरपालिका-५ थली बस्ने ३१ वर्षीय बिबेक कार्की र ३४ वर्षीय संजय खड्का रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० पिपिरा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय हेमराज बिसीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, गुर्भाकोट नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय प्रकाश परियार समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ चनौटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीय हिमाल राना मगर, सोही नगरपालिका-१३ बस्ने २५ वर्षीय बिशाल खत्री र दैलेख गुराँस गाउँपालिका-८ बस्ने २७ वर्षीय बिशाल खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१० बस्ने १९ वर्षीय शिशिर जंग शाही र जानकी गाउँपालिका-२ बस्ने २७ वर्षीय सरोज राना रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले भे.७ प २२४३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-१ घारापानी बस्ने ३७ वर्षीय बलराम न्यौपानेलाई अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्राम सहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।   सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ग्राम ४ सय २० मिलिग्राम सहित सोलुखुम्बु सोलुदुधकण्ड नगरपालिका-२ बस्ने २६ वर्षीय विक्रम श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५५०० नम्बरको हायसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका-१ एकतानगर बस्ने १९ वर्षीय नरेश परियारलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय सुर्य नाथ, २८ वर्षीय रोहन बोहरा र २८ वर्षीय हिक्मत भण्डारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बझाङ, जयपृथ्वी नगरपालिका-१० बसपार्क बस्ने २५ वर्षीया साधना बोहरालाई अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३ सय १४ ग्राम ८ सय ४० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनको किराना पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८३-०२-०८

सुनसरी, बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने इलाम घर भएका २५ वर्षीय सनदिल योङहाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१० बाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय ५० ग्राम र नगद २ हजार ६ सय २० रूपैयाँ सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ थाक्रे गाउँपालिका-२ महादेववेशी बस्ने ५२ वर्षीय कामी तामाङ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ देउखेल भोर्ले बस्ने ३० वर्षीया उषा भन्ने बर्षा पुरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.२-०६२ प २०९९ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८३-०२-०८

    काठमाडौं, टोखा नगरपालिका-९ लक्ष्मीनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र नाइट्राजेपाम ४ सय २० ट्याब्लेट सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली घ्याङलेख गाउँपालिका- ४ घर भएका २३ वर्षीय राजु घोले, ललितपुर बस्ने काभ्रे पाँचखाल नगरपालिका-६ घर भएका २२ वर्षीय कोशिस दनुवार, ललितपुर महानगरपालिका-१७ घर भएका १८ वर्षीय किशोर र रामेछाप मन्थली नगरपालिका-५ घर भएका २१ वर्षीय निशान बुढाथोकी रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, भजनी नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घोडाघोडी नगरपालिका-१० लठैया बस्ने १९ वर्षीय आदित चौधरी र २० वर्षीय संजय चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ७४१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-४ फिर्केपुलबाट अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अन्नपुर्ण गाउँपालिका-८ दानसिंह बस्ने २९ वर्षीय हरि नेपाली र २५ वर्षीय सरण विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-२ अर्चलवोटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३० ट्याब्लेट सहित सोही महानगरपालिका-२३ पामे बस्ने २५ वर्षीय मौसम परियारलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ सय ५० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय रितेश केसी र ओखलढुङ्गा घर भएका २१ वर्षीय राजन मगर रहेका छन् । वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय  पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनुषा, बिदेह नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६ सय ट्याब्लेट र स्पास्मो १ सय ६८ ट्याब्लेट सहित सबैला नगरपालिका-१३ रघुनाथपर बस्ने ३२ वर्षीय नबिबुल रहमानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडिझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.७ प ७६२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  रूपन्देही, बुटबल उपमहानगरपालिका-३ गोलपार्कबाट नियन्त्रित लागूऔषध आईपिपिएल १८ एम्पुल, फेनारगन १८ एम्पुल र सेराज्याक १८ एम्पुल सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिष बस्नेतलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ मिलिग्राम सहित उर्लावारी नगरपालिका-३ बस्ने २५ वर्षीय रोशन थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-२ पुनरबासस्थित रामाईलो चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय समिप राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, झापा गाउँपालिका-४ चर्तागाछीबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित दमक नगरपालिका-३ बस्ने २४ वर्षीय बिनोद कटुवाल समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ कृष्णटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आयुष सार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब १ सय २५ किलो गाँजा सहित एक जना पक्राउ
२०८३-०२-०८

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ दुधौरा पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १ सय २५ किलोग्राम सहित  सोही उपमहानगरपालिका-१८ पसहा टोल बस्ने रौतहट चन्द्रपुर नगरपालिका-१ पौराही घर भएका २७ वर्षीय मान बहादुर स्याङतानलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ पिलुवाबाट डुमरवानातर्फ आउँदै गरेको आल्फाबेट नखुलेको ४३११ नम्बरको कारमा सवार व्यक्तिले ९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फाली फरार भएपश्चात गाँजा ओसारपसार गर्ने मध्येका मान बहादुरलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले हाल फरार कार र कारमा सवार व्यक्तिहरूको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।