हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०२-१७
- A
- A-
- A+
नवलपरासी पूर्व, आफ्नै छोरा ४३ वर्षीय शंकर गिरीको हत्या गरेको अभियोगमा गैंडाकोट नगरपालिका-१५ चिन्तामणी टोल बस्ने ६३ वर्षीय डम्मर गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
डम्मरले घरायसी विवादको कारण धारिलो हतियार खुर्पा प्रहार गर्दा शंकर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले डम्मरलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका शंकरको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।