प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७९-०४-१०

  • A
  • A-
  • A+
Share

झापा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिवारी गाउँपालिका-२ बस्ने ३० वर्षीय ईन्द्रजित मण्डललाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । मण्डलले ती बालिकालाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गरेको र पीडितको स्वास्थ्य परीक्षण गराउँदा गर्भ समेत रहेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी झापा, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बिचारनी टोल बस्ने २८ वर्षीय हरि राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती किशोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भन्ने जाहेरी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०३-२६

रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोटहीमाई गाउँपालिका-४ तुनिहवा बस्ने २३ वर्षीय रहिस मुसलमानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । रहिसले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगाँवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका-११ स्थित काम गरी बस्ने ३५ वर्षीय हरि थारूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । हरिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।