प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ

२०८२-०९-२३

  • A
  • A-
  • A+
Share

रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय सन्देश खत्री समेत ६ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-१ सूर्यनगर टोल बस्ने ४० वर्षीय अजय राजवंशीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २३ ग्राम १ सय ८० मिलिग्राम, नेपाली २ लाख ६७ हजार रूपैयाँ, भारतीय २९ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपलिका-२ बाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने ३४ वर्षीय दिपक चौधरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, भजनी नगरपलिका-५ लालबोझीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्किचुहा नगरपालिका-६ बागमारा बस्ने २५ वर्षीय मदन विक र २४ वर्षीय हेमन्त परियार रहेका छन् । इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले से.१ प ९६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, गोलबजार नगरपालिका-६ लक्ष्मी टोल बस्ने ३६ वर्षीय सजिव मोक्तान समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ६० मिलिग्राम र नगद ५८ हजार रूपैयाँ सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले सजिवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । 

सुनसरी, इटहरी उपमहानगरपालिका-४ पानधारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ५१ वर्षीय हिरा साहलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१८ बाट नियन्त्रित लागूऔषध ट्रामोल ४ सय ट्याब्लेट र स्पास्पेन ४ सय ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२० बस्ने १९ वर्षीय जीवन राई र सोही उपमहानगरपालिका-११ बस्ने २० वर्षीय क्रिष श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कपिलवस्तु, वाणगंगा नगरपालिका-२ तिनैया बस्ने २३ वर्षीय सुरेश थारू समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले सुरेशको घरबाट उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

मोरङ, सुनवर्षी नगरपालिका-२ अमरदह बजार डेरा गरी बस्ने २१ वर्षीय रोहन यादव समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ३० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले रोहनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।  

कञ्चनपुर, बेदकोट नगरपालिका-९ सुन्दरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय छङ्गा राना र २४ वर्षीय सनेश राना रहेका छन् । प्रहरी चौकी सुडा कञ्चनपुरबाट खटिएको प्रहरीले छङ्गाको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम १ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-२ चवन्नी खल्ला गाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पर्सा, ठोरी गाउपालिका-३ ब्रमानगर बस्ने छिरिङ दोङलाई अवैध लागूऔषध गाँजा १ सय ५७ किलो ९ सय ५० ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर र घर नजिकै रहेको खेतबाट उक्त परमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८२-१०-२६

 सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ८० मिलिग्राम सहित दैलेख गुराँस गाउँपालिका-४ बस्ने २८ वर्षीय डिल बहादुर बिक समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २५ ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २४ वर्षीय छिरिङ लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-१०-२६

काठमाडौं, तारकेश्वर नगरपालिका-६ जरङ्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-६ जरङ्खु बस्ने नवलपरासी पुर्व घर भएका २४ वर्षीय गुराँस गुरूङ र काठमाडौं नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका-२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा ५५ प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालिकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौं महानगरपालिका-१८ घर भएका कुशलरत्न तुलाधर रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय धनराज बुढा समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिनेश विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, ग्रामथान गाउँपालिका-५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २० टयाब्लेट र स्पास्पेन १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका-५ तेतरीया चोकस्थित बैजनाथ औषधि पसलका संचालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका छन् । प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरीले तेतरीयाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटिमा सवार भकुलाललाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४२ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दिपक विक र २५ वर्षीय अशोक विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-१०-२५

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पुष्पनर्सिङटोल बस्ने ३२ वर्षीय तेज बहादुर घर्तिमगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २१ मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने २४ वर्षीय नरेन्द्र कुर्मी र नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने २८ वर्षीय दिपु बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-२ बसन्थलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय धिरू चन्द, ३४ वर्षीय मनोज मल्ल, २७ वर्षीय बिनोद खड्का र ३८ वर्षीय गणेश बोहरा रहेका छन् । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले गणेशले सोही स्थानमा संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १७ एम्पुल सहित भिमाद नगरपालिका-९ भिमादबजार बस्ने २९ वर्षीय सागर क्षेत्रीले शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९३६९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, सियारी गाउँपालिका-२ भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २५ वर्षीय उमेश राजभर र २२ वर्षीय आकाश पासी रहेका छन् । इलाका प्रहरी कार्यालय बेथरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.२९ प २९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-४ बस्ने ३६ वर्षीय राम बहादुर डिम्डुङ र २८ वर्षीय रबिन्द्र सिन्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.४५ प ६४१८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७६ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका-५ बस्ने २० वर्षीय राकेश विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज ८२७४ नम्बरको सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने १८ वर्षीय २ किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ३५८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१ पुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ५० मिलिग्राम सहित सहिदनगर नगरपालिका-४ घर भई सोही उपमहानगपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १०६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित बाँसगढी नगरपालिका-४ मटेरीया बस्ने २७ वर्षीय कालीराम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-४ भैरबस्थान बस्ने २८ वर्षीय गणेश बहादुर गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी बिट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ गढवा गाउँपालिका-४ गंगा परस्पुर बस्ने ३० वर्षीय हिमाल केसी र दाङ घोराही उपमहानगरपालिका-३ कुईरेपानी बस्ने २७ वर्षीय सरद खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित कचनकवल गाउँपालिका-६ बस्ने २५ वर्षीय हेमराज विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बनगाउँ बस्ने २९ वर्षीय अविनाश घर्ती मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१०-२३

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-१ स्थित प्रतिक्षालयबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही गाउँपालिका-१ रौलेश्वर टोल बस्ने २० वर्षीय चन्द्र खड्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएक प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने २६ वर्षीय मनिष बोलखे समेत ६ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट र ट्रामाडोल २२ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले मनिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१ जरूवाटोल डेरा गरी बस्ने पर्सा धोबिनी गाउँपालिका-४ घर भएका १९ वर्षीय विजय सहनी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६२ ट्याब्लेट र डिकोलिक २ सय ३७ ट्याब्लेट सहित उर्लाबारी नगरपालिका-६ बस्ने १९ वर्षीय बिष्णु पौदारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीया ललिता सिंहलाई बिहीबार राति प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।