प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

२०८१-११-०२

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २८ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन २८ एम्पुल सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको । पक्राउ पर्नेहरूमा स्याङ्जा फेदीखोला गाउँपालिका-२ बायाँटारी बस्ने ३६ वर्षीय नविन खत्री, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भई कास्की पोखरा महानगरपालिका-९ पृथ्वीचोक बस्ने २१ वर्षीय मदन अधिकारी र २१ वर्षीय रोहित तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्नगर नगरपालिका-१२ तीनकुने चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-१० बस्ने ३८ वर्षीय दुर्ग नेपाली र सोही नगरपालिका-१२ बस्ने ३५ वर्षीय बिजय कालुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, खैरहनी नगरपालिका-१ ज्यामिरे बस्ने २७ वर्षीय सुवास चौधरीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७३ ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद ८ हजार रूपैयाँ बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी चितवन, रत्ननगर नगरपालिका-१२ बालदेबी टोलबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुबास पोखरेल र सोही नगरपालिका-१३ बस्ने २८ वर्षीय सन्तोष घिमिरे रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.प्र.०३-००२ प ५५४३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १४ ग्राम ७ सय ८० मिलिग्राम सहित झापा बिर्तामोड नगरपालिका-६ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

स्याङ्जा, वालिङ नगरपालिका-१० भकुण्डेबाट नियन्त्रित लागूऔषध नोर्फिन ४९ एम्पुल, फेनारगन ६४ एम्पुल र डाइजेपाम ३४ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-२१ बस्ने २४ वर्षीय शिबजी तिवारीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१६ त्रिशुले चोकबाट अवैध लागूऔषध गाँजा करिब १ किलोग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईन्द्रसरोवर गाउँपालिका-१ कुलेखानी बस्ने ३४ वर्षीय सुदिप थापा मगर र काठमाडौं चन्द्रागिरी नगरपालिका-५ बनस्थली बस्ने २६ वर्षीय प्रशान्त घले रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.४२ प ८३१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सिराहा, गोलबजार नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका-७ दशई महाजन टोल बस्ने २० वर्षीय पंकज मण्डल, सोही नगरपालिका-६ ग्रामिण टोल बस्ने २८ वर्षीय अरबिन्द सिंह दनुवार र सोही नगरपालिका-६ बस्ने २६ वर्षीय रबिन मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले स.३ प ६३४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका-५ बस्ने २६ वर्षीय मनोज रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१२ सि गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय किसन बिक र ३५ वर्षीय हरि सिंह थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले किसनलाई २ सय ९० मिलिग्राम र हरिलाई २ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ओमानबाट पक्राउ
२०८३-०५-०८

काठमाडौं,  जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी झापा बिर्तामोड नगरपालिका-३ ठेगाना भएका बिमल राजवंशी पक्राउ परेका छन् । एनसिबि मस्कट ओमानको समन्वयमा ओमानमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार दिउँसो नेपाल फिर्ता ल्याइएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८३ वैशाख ३० गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।उनलाई सम्बन्धित कसुर बमोजिम कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न व्यक्ति पक्राउ
२०८३-०५-०६

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-७ थापागाउँ बस्ने नवलपरासी पूर्व देवचुली नगरपालिका-११ घर भएकी ३१ वर्षीया ममता पछाईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब डेढ महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित राजदुतावाससँग समन्वय गरी निज महिलाको उद्दार गरी कुवेत पठाउने कार्यमा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तारकेश्वर नगरपालिका-७ थापागाउँबाट पक्राउ गरेको हो ।प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक संजाल फेसबुक, ह्वाटस्एप लगायतका माध्यमबाट विभिन्न व्यक्तिहरूसँग अनलाईन मार्फत सम्पर्क गरी विभिन्न प्रलोभनहरू देखाई आकर्षक तलव सुविधामा घरेलु कामदारको रूपमा कुवेत पठाई दिने भनी विभिन्न स्थानहरूबाट महिलाहरूलाई काठमाडौं बोलाई तारकेश्वर नगरपालिका-७ थापागाउँस्थित कोठा भाडामा लिई सम्पर्कमा आएका ९ जना महिलाहरूलाई कुवेत पठाउन लागेको खुल्न आएको छ । साथै प्रहरीले ९ जना पीडित महिलाहरूलाई उद्दार गरेको छ ।उनलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि मानव वेचबिखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौं पठाईएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०५-०६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएका ३७ वर्षीय नविन लामा र काठमाडौं महानगरपालिका-३२ बस्ने सल्यान शारदा नगरपालिका-२ घर भएका ५० वर्षीय रमेश रेउले रहेका छन् ।  पक्राउ मध्ये नविनले मलेसिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १४ लाख रूपैयाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं महानगरपालिका-२६ बाट र रमेशलाई काठमाडौं महानगरपालिका-२९ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०५-०५

काठमाडौं महानगरपालिका-१० शंखमुल भ्याली ब्वाईज होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ घर भएका २२ वर्षीय बसन्त कालाथोकीको हत्या गरेको अभियोगमा सोही होस्टलमा बस्ने बारा कलैया उपमहानगरपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही होस्टलमा १८ वर्षीय किशोर र २० वर्षीय प्रमित पटेलले शुक्रबार बिहान कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका बसन्तको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ‍भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ वानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धानको लागि ५ जनालाई नियन्त्रणमा लिई हाल फरार प्रमितको खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०५-०३

काठमाडौं, रेडक्रस सोसाइटीको जग्गा खरिद कार्यमा ठगी गरेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ निकोसेरा बस्ने ५२ वर्षीय राजेश देशमरू, सोही नगरपालिका-१ बस्ने उदयपुर घर भएका ७० वर्षीय संजिब थापा, चाँगुनारायण नगरपालिका-५ बस्ने ५८ वर्षीय मदन कृष्ण फोजु, काठमाडौं बस्ने नुवाकोट घर भएका ५७ वर्षीय उमेश प्रसाद ढकाल र काठमाडौं बालाजु बस्ने ६७ वर्षीय ईन्द्र बहादुर केसी रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल रेडक्रस सोसाइटी संस्थाको लागि गोदाम घर सञ्चालनको लागि भक्तपुर, भक्तपुर नगरपालिका-४ (क) मा खरिद गरेको जग्गा बोलपत्रमा उल्लेख भएको सर्त विपरीत मध्यस्थकर्ता (बिचौलिया) मार्फत गरेको, जग्गा खरिदमा ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रूपैयाँ भुक्तानी गरेकोमा सो रकम मध्ये १ करोड ९३ लाख ७ सय ५० रूपैयाँ मध्यस्थकर्ता (बिचौलिया) ले लिएको एवम् क्षेत्रफल ५-१३-३-० जग्गा खरिद गरेकोमा नापी कार्यालय भक्तपुरबाट क्षेत्रफल एकिन गराउँदा फिल्डमा क्षेत्रफल ५-६-२-१ मात्र रहेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।