चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०४
- A
- A-
- A+
काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ कलधारा बस्ने ६४ वर्षीय अमर केशर सिंहलाई शनिबार प्रहरीले पक्राउ पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७१ वैशाख ९ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-८ मातातिर्थबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।