प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

२ सय १८ किलो ५ सय ग्राम गाँजासहित दुई जना पक्राउ

२०८१-०१-२७

  • A
  • A-
  • A+
Share

 मोरङ, जहदा गाउँपालिका-३ हातिबन्दाबाट अवैध लागूऔषध गाँजा २ सय १८ किलोसहित सोही ठाउँ बस्ने ३४ वर्षीय भगवान किस्कुलाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँस्थित मकै बारीमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मकै बारीभित्र रहेको टहारामा किस्कुले उक्त परिमाणको गाँजा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । 

पर्सा, कालिकामाई गाउँपालिका-३ हरीहरपुर बिर्ता बस्ने २३ वर्षीय अखलेश महत्तो केवटलाई अवैध लागूऔषध गाँजा ५ सय ग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । केवटले आफ्नै गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कालिकामाई र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले गोठ तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८१-०२-०७

कैलाली, जानकी गाउँपालिका-६ स्वर्णपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने २७ अमृत थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिभुवनचोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने १७ वर्षीय र १८ वर्षीय २ जना किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट चटकपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।झापा, विर्तामोड नगरपालिका-३ स्थित लक्की रेष्टुरेण्ट एण्ड फास्ट फुड होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ गणपती बेकरी छेउ बस्ने २६ वर्षीय कुन्दन कुमार शर्मा र भारत दार्जेलिङ घर बताउने २३ वर्षीय रोहित मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको  हो ।सिन्धुली, कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबासबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ९० मिलिग्राम, गाँजा जस्तो देखिने पदार्थ १५ ग्राम ८ सय ३० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो १ ट्याब्लेटसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-४ डेरा गरी बस्ने तीनपाटन गाउँपालिका-९ घर भएका २६ वर्षीय बिनोद परियार र गोलन्जोर गाउँपालिका-६ बस्ने २२ वर्षीय रबिन मैनाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो ।सुनसरी, हरिनगर गाउँपालिका-७ स्थित सडकबाट नियन्त्रित लागूऔषध स्पास्मो करिब ३२ पिस, गाँजासहितको चिलिम १ थान, स्रोत नखुलेको १ लाख ९ हजार २ सय ६० नेपाली रूपैयाँ र १ सय ३० भारतीय रूपैयाँसहित देवानगञ्ज गाउँपालिका-२ बस्ने २५ वर्षीय रहमान मिहाँ समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी घुस्की र अस्थाई प्रहरी चौकी मोतिटप्पुबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित सोही महानगरपालिका-११ बस्ने ३२ वर्षीया कल्पना राजभण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-०७

सुर्खेत, भेरीगंगा नगरपालिका-९ जहरे बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित गुर्भाकोट नगरपालिका-१४ कृष्णनगर बस्ने २४ वर्षीय भक्त बहादुर दमाईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जहरेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्यास नगरपालिका-५ दमौली बस्ने २२ वर्षीय शैलेस लामिछाने र २४ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१० प ६९२४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सुनसरी, कोशी गाउँपालिका-१ पुरी टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ९१ मिलिग्रामसहित इनरूवा नगरपालिका-६ सखुवागाछी बस्ने २६ वर्षीय सुशान्त खनाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट लौकही बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ
२०८१-०२-०६

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित बाँके कोहलपुर नगरपालिका-१२ घर भएका ३२ वर्षीय सचिन रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५ ख ४०५६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । बाँके, खजुरा गाउँपालिका-३ एक नम्बर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय रोहित सुनार, २२ वर्षीय आशिष सुनार र  २६ वर्षीय सचिन सिङ क्षेत्री रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८१-०२-०५

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-६ फुलटेक्राबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय पेशकर खटिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यसैगरी बाँके, खजुरा गाउँपालिका-६ सिमलघारीस्थित घुम्ति पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय देबेन्द्र शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-४ सम्झना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने १७ वर्षीय र १६ वर्षीय २ जना किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरबाट गस्तीमा खटिएको प्रहरीले प्र.१-०२-०५३ प ६२६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।सुनसरी, बराहक्षेत्र नगरपालिका-१ खारखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० मिलिग्रामसहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-४ घर भएकी २१ वर्षीया जमुना कार्की र उनकै श्रीमान भारत दार्जिलिङ खोरीपारी थाना डुलाल जोत पोष्ट बस्ने ३५ वर्षीय जिन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-११ रामघाटबाट नियन्त्रित लागूऔषध नुर्फिन २७ एम्पुल, डाईजेपाम २७ एम्पुल र फेनरागन २७ एम्पुलसहित सोही महानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोर र सोही महानगरपालिका-९ बस्ने ललितपुर घर भएका संदिप मिजारलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा पोखरा महानगरपालिका-९ बस्ने ३६ वर्षीय धन बहादुर गौतमको घरबाट नुर्फिन ६० एम्पुल, डाईजेपाम ६० एम्पुल र फेनारगन ६० एम्पुल फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।