प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

२०८०-११-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिक टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने म्याग्दी धौलागिरी नगरपालिका-७ घर भएका ४८ वर्षीय तेजेन्द्र भण्डारी समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ५ सय ६५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेको अवस्थामा बारा बिश्रामपुर नगरपालिका-१ घर भएका ४० वर्षीय रमेश शाह समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ, ३ हजार २ सय भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ
२०८३-०३-१४

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोड डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा दिनेश समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २३ हजार ५ रूपैयाँ र २२ बुक तास सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ पुलचोक बस्ने ५६ वर्षीय बाबुराम खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बाबुराम समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८० हजार ४ सय ६५ रूपैयाँ र ४ बुक तास सहित  पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।