नेपाल प्रहरीको पुरूष भलिबल टिम दोस्रो खेलमा पनि बिजयी
२०७९-०६-२९
- A
- A-
- A+
कास्की, पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत शनिबार भएको पुरूष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो दोस्रो खेलमा पनि सफलता प्राप्त गरेको छ ।
पोखरा रंगशालामा संचालित खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५-१२, २५-८ र २५-२१ को सोझो सेटमा पराजित गरेको हो । जितसँगै नेपाल प्रहरीको पुरूष भलिबल टिम समूह 'ए' को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ । नेपाल पुलिस क्लबले आगामी खेल कात्तिक १ गते समूह 'सि' को उपविजेतासँग क्वाटरफाइनल खेल खेल्नेछ ।
यसैगरी नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत पोखरा रंगाशालामा भएको लन टेनिस खेलमा नेपाल प्रहरीका खेलाडीहरू विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरूष सिङलतर्फ आर्यान गिरी र पुरूष डबलतर्फ आर्यान गिरी तथा प्रणव मानन्धरले आफ्नो खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।