अवैध लागुऔषध सहित पक्राउ तथा बरामद
२०७९-०४-१८
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ३ किलोग्राम अवैध लागुऔषध गाँजा सहित धादिङ गजुरी गाउँपालिका-६ बस्ने १९ वर्षीय जिबन मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ९०६५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१४ स्थित सडकबाट को.२ ह ४६१० नम्बरको सिटी सफारीबाट ६१ किलोग्राम अवैध लागुऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीलाई देख्नासाथ सिटी सफारीमा रहेको उक्त गाँजा छोडी चालक फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार सिटी सफारी चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।