प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०७-२८

  • A
  • A-
  • A+
Share

उदयपुर, ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-७ रिस्कु बस्ने ५५ वर्षीय एन सिंह राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

झापा, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-६ बस्ने ४२ वर्षीय राजु कटुवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कटुवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०१-१६

रूपन्देही, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रोहिणी गाउँपालिका-६ बोधबारे बस्ने ३६ वर्षीय शिपक भन्ने निर कमल चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यसैगरी रूपन्देही, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तिलोत्तमा नगरपालिका-१७ कानपारा बस्ने १९ वर्षीय दिपेन्द्र मल्लाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । दिपेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  झापा, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली गाउँपालिका-१ राईटोल बस्ने ३३ वर्षीय धनराज राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।