प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ

२०७९-०६-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुल सहित सर्लाही ईश्वरपुर नगरपालिका-४ बस्ने २६ वर्षीय हिमाल माझीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । 

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पदमपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ८० मिलीग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय ललित खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ललितलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ५० ग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

धनुषा, सबैला नगरपालिका-१० गेरुवाही नहरस्थित सडकबाट अवैध लागूऔषध भाङ करिब १५ किलोग्राम सहित धनौजी गाउँपालिका-२ बस्ने ४२ वर्षीय राम प्रसाद साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले साइकलमा सवार राम प्रसादलाई जाँच गर्ने क्रममा उक्त भाङ सहित फेला पारी पक्राउ गरेको हो ।  

पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध टिटि ५ हजार १ सय पिस र निटजा केयर ३ हजार ट्याब्लेट सहित भारत घर भई वीरगंज महानगरपालिका-१६ बस्ने २७ वर्षीय ओम प्रकाश महतो लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई-रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०८-०९

धादिङ, गल्छी गाउँपालिका-६ चिसापानीबाट अवैध लागूऔषध गाँजा करिब ६ केजी सहित रुपन्देही तिलोतमा नगरपालिका-१ बस्ने ३२ वर्षीय तिल बहादुर थारुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको ना.५ ख ७३९६ नम्बरको ट्रक जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त गाँजा फेला पारी ट्रक चालक थारुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त गाँजा पठाउने बागमती प्रदेश ०२-०३१ प ०६८० नम्बरको मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका-६ बस्ने २३ वर्षीय बिमल तामाङ र सोही मोटरसाइकलमा सवार गल्छी गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिल तामाङलाई समेत प्रहरीले मोटरसाइकल सहित पक्राउ गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।