पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ
२०८०-०२-१९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा पाकेटमारी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तनहुँ बन्दीपुर गाउँपालिका-५ घर भई हाल काठमाडौं टोखा नगरपालिका-८ बानियाँटार बस्ने ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन् ।
काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार १ जना पीडितको साथबाट नगद ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।