सुन जस्तो देखिने धातुका गहना सहित पक्राउ
२०७९-०१-१९
- A
- A-
- A+
बाँके, खजुरा गाउँपालिका-२ एल गाउँ सुबेदी चोकबाट करिब ८ सय २ ग्राम ७३ मिलिग्राम सुनजस्तो देखिने पेहेंलो पदार्थले बनेको विभिन्न गहना सहित बझाङ जयपृथ्वी नगरपालिका-१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोक बहादुर सिंहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद तरिकाले हिँडडुल गरिरहेका उनलाई प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गहना सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।