प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ

२०८०-०७-२१

  • A
  • A-
  • A+
Share

सुनसरी, दुहबी नगरपालिका-८ कदमगाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब ३१ केजीसहित धनकुटा सहिद भूमि गाउँपालिका-७ बस्ने २१ वर्षीय अनिश तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा प्रदेश १-०२-०४२ प ३७५४ नम्बरको मोटरसाइकल र को.१ ह ८४७८ नम्बरको सिटी सफारी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ४ जना घाइतेलाई उपचारको लागि दुहबी जिबन ज्योति हस्पिटल पठाई दुवै सवारी साधन नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा मोटरसाइकल चालक अनिश तामाङको साथमा रहेको झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ । 

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघोडी नगरपालिका-१० बस्ने २६ वर्षीय सुवर्ण कुमार बोहरा र कञ्चनपुर भिमदत्त नगरपालिका-१८ बस्ने २३ वर्षीय अनिल श्रीपाली रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरी राखेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सुवर्ण कुमारले आफूसँग लुकाइ राखेको प्लास्टिकको पोका खादा बेहोस भएकोमा तत्काल उपचारको लागि निसर्ग अस्पताल धनगढीमा लगि खाएको प्लास्टिकको पोका निकाली तौल गर्दा उक्त परिमाणको पदार्थ बरामद भएको हो । 

काठमाडौं, महानगरपालिका-१४ बल्खुस्थित हाम्रो स्टाफ भोजनालय एण्ड खाजा घरबाट नियन्त्रित लागूऔषध डाईजेपाम, फेनारगन, नुर्फिन लेखिएको जम्मा ६ सय एम्पुल, चक्कु २ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र नगद ५७ हजार ६ सय रूपैयाँसहित पर्सा हरिहरपुर गाउँपालिका-११ घर भई हाल काठमाडौं बल्खु डेरा गरी बस्ने ७० वर्षीय राम चन्द्र चमार समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

सर्लाही, ब्रहमपुरी गाउँपालिका-२ झिमखोलाको बाँधस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सितामढी पञ्चायत कुरहर-४ बस्ने २८ वर्षीय संतोष राय र भारत सितामढी पञ्चायत ननपुर-९ बस्ने ३० वर्षीय रामप्रवेश महतो रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले मलंगवाबाट त्रिभुवननगरतर्फ जाँदै गरेको बिआर ०६ बिपि ८९३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०८०-०८-२३

दाङ, घोराही उमहानगरपालिका-१८ रजेनाबाट अवैध लागूऔषध चरेस ५ किलोसहित रुकुमपूर्व पुथागंगा गाउँपालिका-१ बस्ने २८ वर्षीय ललित पुन र ३७ वर्षीय हेमराज पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागूऔषध चरेसको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २८ ट्याब्लेटसहित बाजुरा त्रिवेणी नगरपालिका-२ घर भई कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शेखर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३-०२ प ३३६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अमृत दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मोटरसाइकल ग्यारेजमा बसिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो । मोरङ, मिक्लाजुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका-५ बस्ने २४ वर्षीय रमेश सिंह लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट आउँदै गरेको प्र.१-०२-०४० प ६३३९ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । यसैगरी विराटनगर महानगरपालिका-९ बस्ने ३३ वर्षीय जिबन तामाङ र संखुवासभा खाँदबारी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरालाल बिश्वकर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट  आउँदै गरेको प्र.१-०२-०४४ प ९४५ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयामा दुवै मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी शुक्रबार दिउँसो पक्राउ गरेको हो । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र लुपिजेसिक १० एम्पुलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी इटहरी उपमहानगपालिका-१९ बस्ने ३१ वर्षीय अनिल कार्की र सोही उपमहानगपरालिका-२ बस्ने ३२ वर्षीय   सुनिल मगर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प  १२६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-२२

काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम बाफीकोट गाउँपालिका-८ घर भएका ४१ वर्षीय डण्ड बहादुर खत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-८ मखन भोग होटलबाट अवैध लागूऔषध खैरो हिरोईन ४९ ग्राम ९ सय मिलिग्रामसहित बरियारपट्टी गाउँपालिका-१ बडहरी बस्ने ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको    हो ।  सर्लाही, हरिपुर नगरपालिका-६ बस्ने ३३ वर्षीय जाकिर मंसुर र सोही नगरपालिका-८ बस्ने ५८ वर्षीय जुगेश्वर दास कथबनियालाई अवैध लागूऔषध गाँजा ४ केजी ७ सय ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । हरिपुर नगरपालिका-२ स्थितबाट २ सय ग्राम गाँजासहित जाकिर मंसुरलाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जाकिर उक्त गाँजा जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको खुल्न आएपछि प्रहरीले जुगेशवर दासलाई ४ किलो ५ सय ग्रामसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-२०

काठमाडौं, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ केरवानीबाट नियन्त्रित लागूऔषध बुप्रोनोर्फिन १ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९८ एम्पुल, फालङगर १ सय ९८ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्रामसहित पाल्हिनन्दन गाउँपालिका-४ लोहरौली बस्ने २१ वर्षीय सागर गुप्तालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.६४ प ३७८७ नम्बरको मोटरसाइकलमा सवार सागरलाई पक्राउ गरेको हो । मोटरसाइकल रोक्न खोज्दा फरार भएका चालकसहित २ जनाको प्रहरीले खोजी गरिरहेको छ । अर्घाखाँची, शितगंगा नगरपालिका-४ भेडामारेबाट अबैध लागूऔषध गाँजा १ किलो ५  सय ग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु वुद्धभूमी नगरपालिका-१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन विक र कपिलवस्तु नगरपालिका-९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभर रहेका छन् । ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनलाई ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक धर्व समेतलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।