प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन मार्फत सट्टाबाजी गराउने कार्यम संलग्न व्यक्ति पक्राउ

२०८२-१२-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, अनलाइन मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका बस्ने मोरङ उर्लाबारी नगरपालिका-६ हाटखोला घर भएका २६ वर्षीय मोहन लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

सोसल मिडिया एण्ड अनलाइन पेमेन्ट प्ल्याटफर्म मार्फत अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मोहनले अनलाइन मार्फत गेम रूम, गेम भल्ट, जुवा, लास भेगस लगायतका बेटिङ साइट मार्फत डिजिटल वालेट खोल्न लगाई विदेशी भुक्तानी संकलन गरी अनलाइन बेटिङ खेलाउने गरेको खुल्न आएको छ । 

साथै प्रहरीले उनको साथबाट मनिटर ३ थान, सिपियु १ थान, आइप्याड १ थान, बागमती प्रदेश ०२-०६० प ०६५६ नम्बरको मोटरसाइकल र नगद ३६ हजार रूपैयाँ समेत बरामद गरेको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०२-०८

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड नगरपालिका-१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने २९ वर्षीया प्रियंका कुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुन कुमार चौधरी रहेका छन् ।पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ,  प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका-१० बाट, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट, उत्तमलाई काठमाडौं महानगरपालिका-६ बाट, प्रियंकालाई काठमाडौं महानगरपालिका-११ बाट र अर्जुनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०८

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे मण्डनदेउपुर नगरपालिका-४ छेडा बस्ने सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दिपेन्द्र भुजेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । २०८२ वैशाख ३० गते काठमाडौं गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित नयाँपाटीमा बलिन्द्र प्रकाश राईलाई कुटपिट गरी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रही केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा रहेकोमा २०८२ भदौ २४ आन्दोलनको क्रममा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काभ्रे मन्डनदेउपुर नगरपालिका-४ छेडाबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको छ ।