नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँसहित एक जना पक्राउ
२०८१-०३-१७
- A
- A-
- A+
काठमाडौं, नेपालमा प्रतिबन्धित ५ सय दरका ८ सय ३९ थान गरी जम्मा ४ लाख १९ हजार ५ सय भारतीय रूपैयाँसहित भारतीय नागरिक दलजित कौरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इन्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज एरियमा जाँच गर्ने क्रममा ह्याण्ड ब्यागमा रहेको उक्त भारतीय रूपैयाँ अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।