नेपाल प्रहरीको महिला भलिबल टिमलाई पहिलो खेलमा सफलता
२०७९-०६-२८
- A
- A-
- A+
म्याग्दी, नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत म्याग्दीमा शुक्रबार भएको महिला भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ ।
म्याग्दीको खेल मैदानमा संचालित खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५-१०, २५-११ र २५-९ को सोझो सेटमा पराजित गरेको हो । नेपाल प्रहरीको महिला भलिबल टिम समूह 'सि' मा रहेको छ । जसमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश रहेका छन् । नेपाल पुलिस क्लबले आगामी खेल असोज ३१ गते समूह 'ए'को उपविजेतासँग क्वाटर फाइनल खेल खेल्नेछ ।