अवैध लागूऔषध सहित पक्राउ
२०७९-०७-०३
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३२ बडहरेबाट अवैध लागूऔषध गाँजा १ केजी ९ सय ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दान बहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् । प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सुर्खेत, भेरीगंगा नगरपालिका-१२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ५५ मिलिग्राम सहित भारतको बहराईज नानपरा घर भई बिरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीलेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले नेपालगञ्जबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ च ३७७२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवारी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।