प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषधसहित पक्राउ

२०८०-०७-०९

  • A
  • A-
  • A+
Share

  कैलाली, धनगढी उपमहानगरपालिका-१२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका-७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापालाई अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९० मिलिग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-७ मनेहरा बस्ने २१ वर्षीय नरेश राना र सोही उपमहानगरपालिका-१७ पथरिया बस्ने १९ वर्षीय हितेश रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ, केरावारी गाउँपालिका-८ आमजुगी बस्ने २२ वर्षीय मिलन बिकलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 



सम्बन्धित समाचार
छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ
२०८०-०८-२३

दाङ, घोराही उमहानगरपालिका-१८ रजेनाबाट अवैध लागूऔषध चरेस ५ किलोसहित रुकुमपूर्व पुथागंगा गाउँपालिका-१ बस्ने २८ वर्षीय ललित पुन र ३७ वर्षीय हेमराज पुनलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूले लागूऔषध चरेसको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २८ ट्याब्लेटसहित बाजुरा त्रिवेणी नगरपालिका-२ घर भई कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शेखर शाहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला कार्यालय कैलालीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३-०२ प ३३६२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ ग्राम ८ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय अमृत दमाईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रदेश व्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मोटरसाइकल ग्यारेजमा बसिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनलाई पक्राउ गरेको हो । मोरङ, मिक्लाजुङ गाउँपालिका-९ बस्ने ३० वर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका-५ बस्ने २४ वर्षीय रमेश सिंह लिम्बुलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट आउँदै गरेको प्र.१-०२-०४० प ६३३९ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । यसैगरी विराटनगर महानगरपालिका-९ बस्ने ३३ वर्षीय जिबन तामाङ र संखुवासभा खाँदबारी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरालाल बिश्वकर्मालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । भारतबाट  आउँदै गरेको प्र.१-०२-०४४ प ९४५ नम्बरको मोटरसाइकलमा उनीहरू सवार थिए । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-१६ दरैयामा दुवै मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी शुक्रबार दिउँसो पक्राउ गरेको हो । यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र लुपिजेसिक १० एम्पुलसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी इटहरी उपमहानगपालिका-१९ बस्ने ३१ वर्षीय अनिल कार्की र सोही उपमहानगपरालिका-२ बस्ने ३२ वर्षीय   सुनिल मगर रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प  १२६६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-२२

काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम बाफीकोट गाउँपालिका-८ घर भएका ४१ वर्षीय डण्ड बहादुर खत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-८ मखन भोग होटलबाट अवैध लागूऔषध खैरो हिरोईन ४९ ग्राम ९ सय मिलिग्रामसहित बरियारपट्टी गाउँपालिका-१ बडहरी बस्ने ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको    हो ।  सर्लाही, हरिपुर नगरपालिका-६ बस्ने ३३ वर्षीय जाकिर मंसुर र सोही नगरपालिका-८ बस्ने ५८ वर्षीय जुगेश्वर दास कथबनियालाई अवैध लागूऔषध गाँजा ४ केजी ७ सय ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । हरिपुर नगरपालिका-२ स्थितबाट २ सय ग्राम गाँजासहित जाकिर मंसुरलाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जाकिर उक्त गाँजा जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको खुल्न आएपछि प्रहरीले जुगेशवर दासलाई ४ किलो ५ सय ग्रामसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित ४ जना पक्राउ
२०८०-०८-२०

काठमाडौं, नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ केरवानीबाट नियन्त्रित लागूऔषध बुप्रोनोर्फिन १ सय ९६ एम्पुल, डाइजेपाम १ सय ९८ एम्पुल, फालङगर १ सय ९८ एम्पुल र अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्रामसहित पाल्हिनन्दन गाउँपालिका-४ लोहरौली बस्ने २१ वर्षीय सागर गुप्तालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अवैध लागूऔषध ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले लु.६४ प ३७८७ नम्बरको मोटरसाइकलमा सवार सागरलाई पक्राउ गरेको हो । मोटरसाइकल रोक्न खोज्दा फरार भएका चालकसहित २ जनाको प्रहरीले खोजी गरिरहेको छ । अर्घाखाँची, शितगंगा नगरपालिका-४ भेडामारेबाट अबैध लागूऔषध गाँजा १ किलो ५  सय ग्रामसहित ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कपिलवस्तु वुद्धभूमी नगरपालिका-१ भेलाई बस्ने २४ वर्षीय विजय कुमार चौधरी, सोही ठाउँ बस्ने २६ वर्षीय अर्जुन विक र कपिलवस्तु नगरपालिका-९ श्रीनगर बस्ने ३० वर्षीय धर्व राजभर रहेका छन् । ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले लु.१ ह २५५० नम्बरको अटोलाई जाँच गर्ने क्रममा विजय कुमारको साथबाट ९ सय ग्राम र अर्जुनलाई ६ सय ग्रामसहित फेला पारेपछि अटो चालक धर्व समेतलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।