प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ

२०८२-०९-२५

  • A
  • A-
  • A+
Share

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१० बस्ने २१ वर्षीय सुनिल घर्तिमगर, २० वर्षीय प्रकाश लोहार र १८ वर्षीय किशोर रहेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-४ पुष्पलाल चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने २७ वर्षीय राजु चौधरीले र ३१ वर्षीय रामसागर थारू रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले रा.८ प २६९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-७ सुपादेउरालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने ३४ वर्षीय पदम रायमाझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले ठाडाबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु.१३ प ५६३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

दाङ, घोराही उपमहानगरपलिका-१० नारायणपुर बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने २५ वर्षीय अरमान मन्सुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-९ नयाँबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम सहित कपिलवस्तु मायादेवी गाउँपालिका-३ बस्ने २७ वर्षीय संजय यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पिपिराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ४ सय २० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मण आचार्य, सोही नगरपालिका-११ बस्ने २४ को रोशन सुनार र सोही नगरपालिका-९ बस्ने दैलेख घर भएका ३० वर्षीय रबिन्द्र राज शर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले लक्ष्मणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० कृष्णनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम र नगद ९ हजार ५ सय ५० रूपैयाँ सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० मिलडाँडा बस्ने २७ वर्षीय जगत मल्ल, ३२ वर्षीय दिपक मल्ल र बाँके कोहलपुर नगरपालिका-९ तिलकपुर बस्ने २० वर्षीय गणेश बिसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले क.प्र.०२-००२ प ४०९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बारा, प्रसौनी गाउँपालिका-१ नकटुवाबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलो २४ ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका-७ बस्ने ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगंज  महानगरपालिका-११ श्रीपुर बस्ने ३२ वर्षीय जौवाद अमहद र बिन्दाबासिनि गाउँपालिका-२ बस्ने ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले बिआर ०१ सिएल ६०७९ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

चितवन, भरतपुर महानगरपालिका-१० बसपार्क चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ३० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ९ ट्याब्लेट र भोमिन १० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रत्ननगर नगरपालिका-९ बस्ने गोरखा भिमसेन गाउँपालिका-१० घर भएकी २३ वर्षीया श्रीया मगर र ३२ वर्षीय बिनय महतो रहेका छन् । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित चिया नास्ता पसलबाट अवैध लागूऔषध गाँजा ७ किलो १ सय ८० ग्राम सहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत विहार पिपरा पञ्चाय-७ घर भएका ४५ वर्षीया कबिता यादवले, उनकै छोरा २८ वर्षीय मुन्ना कुमार यादव र जहदा गाउँपालिका-१ बस्ने १९ वर्षीय मंजित कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले कबिताले संचालन गरेको पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-१०-२७

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४५ ट्याब्लेट र नाईट्राभेट २३ ट्याब्लेट सहित कपिलवस्तु मायादेवी गाउँपालिका-६ बस्ने २९ वर्षीय अब्दुल वफा मुसलमानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख ७०१७ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-२६ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम १ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार ५३ ट्याब्लेट, नाईट्राभेट १ सय २१ ट्याब्लेट र डिजिटल तराजु २ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२६ बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-६ घर भएका २५ वर्षीय घनश्याम विक र काठमाडौं चन्द्रागिरी नगरपालिका-९ बस्ने रौतहट राजदेवी नगरपालिका-६ घर भएका ४८ वर्षीय मोहम्द तनविर मिक्रानी रहेका छन् । जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोवाटोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-३१ मोहोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४१ वर्षीय गंगा पुर्जालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी कास्की, पोखरा महानगरपालिका-११ काँहुडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्राम ६ सय मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गुरूङ र ४४ वर्षीय विश्वास गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले रोशनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ पिपलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय दिपक खड्कालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-२६ दिब्यनगर बस्ने २८ वर्षीय सुबास मगर समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ४० मिलिग्राम र नगद ४५ हजार रूपैयाँ सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले सुबासको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी चितवन, भरतपुर महानगरपालिका-२७ पर्साढाप बस्ने ३८ वर्षीय बिनोद महतो समेत २ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय २० मिलिग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले बिनोदको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-१०-२६

काठमाडौं, तारकेश्वर नगरपालिका-६ जरङ्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ८ सय ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-६ जरङ्खु बस्ने नवलपरासी पुर्व घर भएका २४ वर्षीय गुराँस गुरूङ र काठमाडौं नारायणथान बस्ने सिन्धुली दुधौली गाउँपालिका-२ घर भएका २३ वर्षीय रोशन भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ ढुङ्गेधारा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित काठमाडौं टेकु बस्ने नुवाकोट घर भएका २२ वर्षीय प्रकाश ठकुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बा ५५ प ८४६६ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषध फेला पारी चालक ठकुरीलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१८ नरदेवीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ७० ट्याब्लेट सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मकवानपुर घर भएका २४ वर्षीय राजेश गमाल, कालिकोट घर भएका २२ वर्षीय निराञ्जन रोकाय र काठमाडौं महानगरपालिका-१८ घर भएका कुशलरत्न तुलाधर रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्की बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम विकलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय धनराज बुढा समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१ बस्ने २९ वर्षीय दिनेश विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, ग्रामथान गाउँपालिका-५ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार २० टयाब्लेट र स्पास्पेन १ हजार ५ सय ट्याब्लेट सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २५ वर्षीय रन्जित साह र सोही गाउँपालिका-५ तेतरीया चोकस्थित बैजनाथ औषधि पसलका संचालक ७३ वर्षीय भकुलाल विश्वास थारू रहेका छन् । प्रहरी चौकी तेतरीयाबाट खटिएको प्रहरीले तेतरीयाबाट नेताचोकतर्फ आउँदै गरेको प्रदेश १-०१-००२ ह ३९७३ नम्बरको सिटि सफारीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक रन्जित साह र सिटिमा सवार भकुलाललाई पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुदबुदेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४२ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय दिपक विक र २५ वर्षीय अशोक विक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित ९ जना पक्राउ
२०८२-१०-२६

 सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ८० मिलिग्राम सहित दैलेख गुराँस गाउँपालिका-४ बस्ने २८ वर्षीय डिल बहादुर बिक समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सर्लाही, लालबन्दी नगरपालिका-७ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २५ ट्याब्लेट सहित सोही नगरपालिका-८ बस्ने २४ वर्षीय छिरिङ लामालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
२०८२-१०-२५

रूपन्देही, बुटवल उपमहानगरपालिका-२ पुष्पनर्सिङटोल बस्ने ३२ वर्षीय तेज बहादुर घर्तिमगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २१ मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ ईन्द्रपुर बस्ने २४ वर्षीय नरेन्द्र कुर्मी र नेपालगंज उपमहानगरपालिका-१२ बेलासपुर बस्ने २८ वर्षीय दिपु बर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेदकोट नगरपालिका-२ बसन्थलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २४ वर्षीय धिरू चन्द, ३४ वर्षीय मनोज मल्ल, २७ वर्षीय बिनोद खड्का र ३८ वर्षीय गणेश बोहरा रहेका छन् । अस्थायी प्रहरी बिट चम्फापुरबाट खटिएको प्रहरीले गणेशले सोही स्थानमा संचालन गरेको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र बुप्रेनोर्फिन १७ एम्पुल सहित भिमाद नगरपालिका-९ भिमादबजार बस्ने २९ वर्षीय सागर क्षेत्रीले शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९३६९ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  रूपन्देही, सियारी गाउँपालिका-२ भगदरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २५ वर्षीय उमेश राजभर र २२ वर्षीय आकाश पासी रहेका छन् । इलाका प्रहरी कार्यालय बेथरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले लु.२९ प २९६६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब २ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-४ बस्ने ३६ वर्षीय राम बहादुर डिम्डुङ र २८ वर्षीय रबिन्द्र सिन्तान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ना.४५ प ६४१८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्थित सडकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ७६ ट्याब्लेट सहित पर्सा ठोरी गाउँपालिका-५ बस्ने २० वर्षीय राकेश विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज ८२७४ नम्बरको सुमोमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, बेलौरी नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-१० झलारी बस्ने १८ वर्षीय २ किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ३५८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१ पुलचोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ५० मिलिग्राम सहित सहिदनगर नगरपालिका-४ घर भई सोही उपमहानगपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रेल्वेबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १०६७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बर्दिया, बढैयाताल गाउँपालिका-२ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित बाँसगढी नगरपालिका-४ मटेरीया बस्ने २७ वर्षीय कालीराम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोईलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-४ भैरबस्थान बस्ने २८ वर्षीय गणेश बहादुर गिरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । अस्थायी प्रहरी बिट लाटिकोईलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ ग्राम सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ गढवा गाउँपालिका-४ गंगा परस्पुर बस्ने ३० वर्षीय हिमाल केसी र दाङ घोराही उपमहानगरपालिका-३ कुईरेपानी बस्ने २७ वर्षीय सरद खड्का रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो । झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्राम सहित कचनकवल गाउँपालिका-६ बस्ने २५ वर्षीय हेमराज विकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१ बनगाउँ बस्ने २९ वर्षीय अविनाश घर्ती मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।