अवैध लागूऔषधसहित १ जना पक्राउ
२०७९-११-२८
- A
- A-
- A+
बारा, जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले रमौलीबाट नितनपुरतर्फ पैदल जादै गरेको उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।