प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

२०८०-०२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-३ महाराजगंज बाँसबारी धारापाटीस्थित ५७ वर्षीया शिला गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा शिला गुरुङ समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ४ सय ५० रूपैयाँ, ३ बुक तास र बिस ओटा सिमीका दानासहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार