अवैध लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
२०८३-०१-०९
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-८ सिर्जना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ३२ ग्राम ५ सय ३० मिलिग्राम र डिजिटल तराजु १ थान सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे चौरीदेउराली गाउँपालिका-९ घर भएका २८ वर्षीय मनिक तामाङ, महोत्तरी बर्दिबास नगरपालिका-८ घर भएका ३४ वर्षीय मनोज लामा र सिराहा मिर्चैया नगरपालिका-५ घर भएका ३४ वर्षीय अनिल साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-१ रोरा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय तिलक राज बजगाईलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।