प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०३-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, चेक अनादर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने सर्लाही लालबन्दी नगरपालिका-६ घर भएका ४२ वर्षीय खिलराज गुरागाँईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत काठमाडौंको २०७९ असोज ४ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ नारायणटारबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 


सम्बन्धित समाचार
स्रोत नखुलेको नगद सहित पक्राउ
२०८३-०३-०५

 काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित ब्लु नोट कफि बारबाट स्रोत नखुलेको नगद २२ लाख रूपैयाँ सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-६ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-५ घर भएका ४७ वर्षीय तारालाल विश्‍वकर्मा र काठमाडौं महानगरपालिका-१६ बस्ने पर्वत मोदी गाउँपालिका-७ घर भएका ५० वर्षीय होम बहादुर केसी रहेका छन् । उक्त बारमा अभौतिक मुद्रा सम्बन्धी कारोबार गरिरहेको भन्ने सुचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, मलंगवा नगरपालिका-१० झिम पुलबाट स्रोत नखुलेको नगद ३२ लाख रूपैयाँ सहित रामनगर गाउँपालिका-३ बस्ने २८ वर्षीय गुडु कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०५-००१ प ११०६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले घटनामा संलग्न १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।   यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न ५ जना व्यक्तिहरू पक्राउ
२०८३-०३-०४

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा भारत बिहार बेतिया बस्ने ५ जना १८ वर्षीय किशोरहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।चितवन भरतपुर महानगरपालिका-२ बाट सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई उनीहरूले असार १ गते अपहरण गरी काठमाडौंमा ल्याई होटलमा बन्धक बनाई निज पीडितको परिवारसँग फिरौती रकम माग गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका-२६ बसपार्कस्थित होटल फेमिलिबाट पक्राउ गरेको हो । साथै पीडितलाई प्रहरीले सकुशल उद्दार गरेको छ ।उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।  

ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०३-०४

काठमाडौं, ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने रौतहट माधव नारायण नगरपालिका-२ बस्ने २२ वर्षीय शुभम साहलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ई-सेवाबाट बोलेको, तपाइँको ई-सेवामा धेरै रिवार्ड पोइन्ट रहेकोमा किन प्रयोग नगर्नु भएको भन्दै याक एण्ड को इन्टरप्राईजेजको मोबाइलमा पटक-पटक फोन गरी ओटिपी कोड लिई नगद १ लाख ९८ हजार ४ सय ९९ रूपैयाँ ईभोलुसोन टेड्रिङ प्रालिको ई-सेवा आईडीमा रकमान्तर गरेको र ईभोलुसोन टेड्रिङबाट आइफोन लिएको खुल्न आएको छ । प्रहरीले उनको साथबाट मोबाइल ४ थान र सिमकार्ड ४ थान बरामद गरेको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट चार दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।