अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-१३
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ काँकडभिट्टास्थित पुरानो मेचीपुल अगाडि बाटोबाट ७ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिक्किम बस्ने ३० वर्षीय मेगबिर लिम्बू र उनकै भाइ २३ वर्षीय बुद्धबीर लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ मसानघाटबाट ९ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित शुक्लाफाँटा नगरपालिका-११ बस्ने २३ वर्षीय राकेश रावललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रदेश ०३-०२४ प ५१८७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।