जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८०-०७-२३
- A
- A-
- A+
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बस्ने ५१ वर्षीय तोभान केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा केसीसमेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार ८ सय ८० रूपैयाँ र १ गड्डी ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।