भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८२-१२-२९
- A
- A-
- A+
उदयपुर, वेलका नगरपालिका-६ वाबुङला सामुदायिक वनबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।