अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४० जना पक्राउ
२०८३-०२-१९
- A
- A-
- A+
काठमाडौं, काठमाडौंका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १ ग्राम सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली घोडाघडी नगरपालिका-६ घर भएकी ३२ वर्षीया दिपा कुमारी बिष्ट, महोत्तरी एकडारा गाउँपालिका-४ घर भएका २६ वर्षीय अमर कुमार साह, चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३६ वर्षीय सुनिल लामा, भरतपुर महानगरपालिका-६ घर भएका ३८ वर्षीय जिवन कुमार लामा, इलाम चुलाचुली गाउँपालिका-४ घर भएकी ३५ वर्षीया संगिता बास्कोटा, काठमाडौं महानगरपालिका-२६ घर भएका ३७ वर्षीय प्रसान्त राना मगर, नुवाकोट शिवपुरी गाउँपालिका-२ घर भएका ३३ वर्षीय पेम्बा लामा, नवलपरासी पूर्व कावासोती नगरपालिका-२ घर भएका २९ वर्षीय सरोज गुरूङ, भारत दरभंगा फिर्मा पञ्चायत कचुवा-२ घर भएका २६ वर्षीय आकाश सिंह, सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएकी २० वर्षीया जिया राई र मकवानपुर थाहा नगरपालिका-९ घर भएकी २० वर्षीया स्वस्तिका तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बसन्तनगर गुम्बास्थित टहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४ ग्राम ६४ मिलिग्राम, मोबाइल ६ थान र नगद ५५ हजार २० रूपैयाँ सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने नुवाकोट ककनी गाउँपालिका-३ घर भएका २८ वर्षीय रविन तामाङ, दोलखा गौरीशंकर गाउँपालिका-३ घर भएका २५ वर्षीय दारिन्जी शेर्पा र काठमाडौं तारकेश्वर नगरपालिका-११ कालो ट्याङ्की बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका २७ वर्षीय अर्जुन विक रहेका छन् । प्रहरी विट बसन्तनगर गुम्बाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० बनपुरूवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित बेलडाँडी गाउँपालिका-२ चौवन्नी खल्ला बस्ने २३ वर्षीय लोकेन्द्र राना समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको डिएल ३ एसएफभि २३२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, कचनकवल गाउँपालिका-६ बनियानीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६९ ग्राम ६ सय मिलिग्राम सहित भारत किसनगंज दलेगाउँ पञ्चायत-१ बस्ने २० वर्षीय युबेद राजालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबाराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ६० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने कचनकवल गाउँपालिका-४ बनियानी घर भएका २३ वर्षीय हेमन्त विश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, धनपालथान गाउँपालिका-३ बेतौनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित रंगेली नगरपालिका-१ ववियाविर्ता बस्ने ३० वर्षीय सुदिप भट्टराईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बेतौना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०४-००१ प २२९५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ८ सय ६० मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-७ बस्ने ३२ वर्षीय सुरज परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-६ झुमरे बस्ने २५ वर्षीय पबित्र डाँगी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १ सय ९० मिलिग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय तुलसीपुरबाट खटिएको प्रहरीले पबित्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ मोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पाटन नगरपालिका-८ बस्ने ३३ वर्षीय ईन्द्र बहादुर बिष्ट र कञ्चनपुर लालझाडी गाउँपालिका-११ बस्ने २५ वर्षीय सुशिल थापा मगर रहेका छन् । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-६ बिसनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम २ सय ९० मिलिग्रम सहित टीकापुर नगरपालिका-७ बस्ने २३ वर्षीय राजबिन महतो समेत २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय रितेश थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपलिका-११ थानाभर्याङ बस्ने २३ वर्षीय समिर क्षेत्रीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम र नगद ४६ हजार १० रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-२ बर्दहवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ६० मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय द्वारिका प्रसाद थारू, २२ वर्षीय समिर विक र बैजनाथ गाउँपालिका-५ बनकटवा बस्ने २४ वर्षीय ओमकान्त थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले द्वारिकाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको क.प्र.००२ प ७९५७ नम्बर र भे.१२ प ५५८४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी प्रहरीले सोही घर अगाडि भे.१० प ६११६ नम्बरको स्कुटरमा आउँदै गरेका कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने २८ वर्षीय राकेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित फेला पारी पक्राउ गरेको छ ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित जानकी गाउँपालिका-५ बस्ने ३० वर्षीय बिष्णु यादवलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २५ एम्पुल, डाईजेपाम २६ एम्पुल र फेनारगन २३ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय धन काजी गुरूङ र १९ वर्षीय सुजवल थापा रहेका छन् । वडा प्रहरी कार्यालय बगर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ सरबरेचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ गण्डकी लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सरावाती तनापुर बस्ने २३ वर्षीय त्रिबुरारी सिंह र भारत बहराईज नानपुरा बस्ने ५६ वर्षीय दिलिप कुमार सिंह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।