हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०३-०७
- A
- A-
- A+
सप्तरी, राजबिराज नगरपालिका-४ बस्ने ३० वर्षीय मो.अरेन्जुको कुटपिट गरी हत्या गरेको अभियोगमा राजबिराज नगरपालिका-३ बस्ने ४६ वर्षीय मो.नसिरलाई प्रहरीले पक्राउ गरेको छ ।
राजबिराज नगरपालिका-३ मोहमदपुरमा सोमबार राति नसिर समेत ४ जना व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका अरेन्जुको छिन्मस्ता अस्पताल राजबिराज हुँदै न्यूरो बिराटनगरमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो ।
प्रहरीले हाल फरार अन्य ३ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।