प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८१-०३-२१

  • A
  • A-
  • A+
Share

धनकुटा, ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ३० वर्षीय पुन्टे भन्ने प्रताप तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

सल्यान, ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-३ टोट्के बस्ने ४३ वर्षीय टोप बहादुर वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वलीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लुहामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको १ थान भरूवा बन्दुक समेत फेला पारी प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८१-०४-०४

  दाङ, ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-७ राजापुर बस्ने सल्यान त्रिबेणी गाउँपालिका-४ फालाबाङ घर भएका ३६ वर्षीय जगत रावतलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावतले ती महिलालाई बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  डडेल्धुरा, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्शुराम नगरपालिका-१ स्यालकोट बस्ने ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । कठायतले ती बालिकालाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।