प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रुपमा लैजान लागेको अमेरिकी तथा अष्ट्रेलियन डलर सहित पक्राउ

२०७९-०६-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लुकाई लैजान लागेका अमेरिकी डलर १ सय  दरको १ सय ५७ थान र अस्ट्रेलियन डलर १ सय दरको ५ सय ८४ थान सहित थाइल्याण्ड नागरिक राहदानी ३८ वर्षीय  PONGPHOJ SINSUWAN लाई शनिबार राति पक्राउ गरेको छ । 

  फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनले बोकी आएको ह्‍याण्ड ब्यागभित्र उक्त नगद फेला पारी प्रहरीले पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि प्रहरी वृत्त गौशालामा पठाएको छ । 


सम्बन्धित समाचार
राजश्च छलिका विभिन्न ८० थान मोबाइलसहित एक जना पक्राउ
२०८०-०६-१६

काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट राजश्व छलिका विभिन्न कम्पनिको ८० थान मोबाइलसहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २९ वर्षीय मिलन श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  न्यूरोड क्षेत्रमा राजश्व छलिका मोबाइल लुकाई राखेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई उक्त मोबाइल र बा.१९ च ५०९४ नम्बरको गाडीसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कार्वाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको   छ । 

संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहारसहित पाँच जना पक्राउ
२०८०-०६-१६

काठमाडौं, संरक्षित वन्यजन्तु चितुवाको छाला जस्तो आखेटोपहार १ थानसहित ५ जनालाई ललितपुर महानगरपालिका-१५ बोधिग्राम टोलबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भोजपुर आमचोक गाउँपालिका-४ बस्ने ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, सोही गाउँपालिका-४ बस्ने २० वर्षीय बिनोद कालिकोटे, रामेछाप जिल्ला रामेछाप नगरपालिका-४ बस्ने ३४ वर्षीय दल बहादुर आले मगर, धादिङ गल्छी गाउँपालिका-८ बस्ने २८ वर्षीय उमेश दुधराज र सोही गाउँपालिका-८ बस्ने २० वर्षीय प्रेम बहादुर बिक रहेका छन् । उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला जस्तो आखेटोपहारसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीवन ललितपुरमा बुझाइएको छ । 

सालकको खपेटासहित चार जना पक्राउ
२०८०-०६-१०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित सिन्धुपाल्चोक साँगाचोक नगरपालिका-१० घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय तिले तामाङसमेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सामाखुशीस्थित कल्पना खाजा घरमा दुर्लभ वन्यजन्तु सालकको खपेटा लुकाई लिई बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले खोजी तथा जाँच गर्ने क्रममा तामाङको झोलामा लुकाई राखेको उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको   हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुन जस्तो धातु देखाई ठगी गर्ने चार जना पक्राउ
२०८०-०५-३१

काठमाडौं, सुन जस्तो धातु देखाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई YUEPENG GOLD 1 KILO Fine GOLD 999.9 Y185270 लेखिएको सुन जस्तो देखिने धातु सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-१ घर भई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय विशुराम थपलिया, दोलखा बिगु गाउँपालिका-५ घर भई भक्तपुर नयाँ ठिमी बस्ने ३० वर्षीय भिमसेन बिक, काठमाडौं महानगरपालिका-३ लाजिम्पाट मिलन मार्ग बस्ने ३२ वर्षीय निरज महर्जन र सप्तरी सितापुर गाउँपालिका-८ इटहरुवा घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीय दिलिप कुमार चौधरी रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बालाजु क्षेत्रमा सुन जस्तो धातु देखाई ठगी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट उक्त धातुसहित उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बालाजु पठइएको छ ।

भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ
२०८०-०५-२६

काठमाडौं, भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् । हिमालयन एयरलाईन्सद्वारा सोमबार बिहान दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातुसहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।  थप सोधुपछ एवम् अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाडौं महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको छ ।