प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८१-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-४ चुनदेबी बस्ने यम कुमारी आलेको घरमा जुवा (ओखर) खेलिरहेको अवस्थामा बुढानिलकण्ठ नगरपालिका-५ देउला टोल बस्ने २१ वर्षीय कबिर देउला समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । 

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० लाख ११ हजार रूपैयाँ र १३ वटा ओखर सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा १७ पक्राउ
२०८२-०३-२३

कास्की, पोखरा महानगरपालिका-१० रक्षा मार्ग बस्ने ३९ वर्षीय दिपेन पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २२ हजार ८० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-१५ घलेचोक डेरा गरी बस्ने पर्वत घर भएका ४२ वर्षीय हिमाल गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९० हजार ९ सय ८५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।